• Breaking News

    चिसो लाग्यो प्रधानमन्त्रीलाई: भोट हाल्न गएनन्

    डडेल्धुरा - प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति (प्रतिनिधिसभा उम्मेदवार) शेर बहादुर देउवा देउवाले अहिले सम्म मतदान गरेका छैनन् । बिहान सात बजे नै मतदान गर्ने भने पनि प्रधानमन्त्री देउवा अहिले सम्म मतदान स्थलमा नपुगेका मुख्य निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । मौसम चिसो भएका कारण देउवा बिहानै मतदान केन्द्रमा आइनपुगेको बताइएको छ। डडेल्धुराका बाम गठबन्धनका उम्मेदबार खगराज भट्टले अजयमेरु गाउँपालिका ४ स्थित चिपुर स्वास्थ्य चौकी मतदान केन्द्र क बाट मतदान गरेका छन् । मतदानपछि जनताले चाहेको स्थिर सरकारकालागि यो मतदान ऐतिहासिक भएको बताए । डडेल्धुरामा शन्तिपूर्ण रुपमले समयमै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद रिजालले जानकारी दिए । -करन ताम्राककार

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर