• Breaking News

    उद्योग राज्यमन्त्री लामा पार्टीबाट निष्काशित, पदमुक्त गर्न सरकारलाई सिफारिस

    काठमाडौँ । उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई आफ्नै पार्टी राप्रपा (प्रजातान्त्रिक)ले पार्टीबाट निष्काशित गरेको छ। सो पार्टीले लामालाई राज्यमन्त्री पदबाट समेत हटाउन सरकारलाई सिफारिस गरेको छ। पार्टीका महामन्त्री समेत रहेका लामालाई अध्यक्ष पशुपति शम्शेर राणाले पार्टीबाट निष्काशित गरेका हुन्। लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरीत काम गरेको भन्दै उनलाई कारबाही गरिएको राणाले जनाएका छन्।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर