• Breaking News

    यस्तो छ तनहुँको पछिल्लो मतपरिणाम: रामचन्द्र पौडेल हारको नजिक

    तनहुँ - तनहुँका सबै जस्तो क्षेत्रमा अहिले बिहानको पछिल्लो अपडेट सम्म वाम गठबन्धनले अग्रता कायम गरेको छ । पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले १० हजार ९ सय ७३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले ९ हजार १ सय ९५ मत ल्याएका छन् । किसानले पौडेलले भन्दा १७७८ मत बढी प्राप्त गरेका छ्न । २१ हजार ९ सय ३३ मतगणना हुँदा उक्त मतान्तर भएको हो । तनहुँ १ मा हेभिवेट मानिएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बामगठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पछि परिरहेका छन् । पौडेल मतगणनाको सुरुवात देखी नै पछाडी परिरहेका छन । त्यस्तै तनहुँ क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार केदार सिग्देलले अग्रता कायम गरिरहेका छन। उनले ११ हजार २ सय ८१ मत ल्याएका छ्न भने कांग्रेस उम्मेदवार शंकर भण्डारीले १० हजार ४ सय ८५ मत ल्याएका छन् । सिग्देलले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरिरहेका छ्न । कांग्रेस उम्मेदवार भण्डारी पुर्व बनमन्त्री हुन भने बाम गठबन्धनका साझा उम्मेदवार सिग्देल एमाले जिल्ला अध्यक्ष हुन । तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाहेक अरु सबैमा बाम गठबन्धन अगाडि रहेको छ । तनहुँ क्षेत्र नम्बर १ बाम- कृष्ण कुमार श्रेष्ठ किसान :१०९७३ कांग्रेस - रामचन्द्र पौडेल : ९१९५ प्रदेश (क) म - रामबहादुर गुरुङ : ५६३३ कांग्रेस- गोबिन्द भट्टराई : ४८९१ प्रदेश (ख) बाम - हरिबहादुर चुमान : ४५८५ कांग्रेस- रघुनाथ पौडेल : ३७७१ तनहुँ क्षेत्र नम्बर २ बाम - केदार सिग्देल : ११२८१ कांग्रेस - शंकर भण्डारी : १०४८५ प्रदेश (क) बाम - आशा कोइराला : ४२२९ कांग्रेस - प्रदीप पौडेल : ४०३५ प्रदेश (ख) कांग्रेस - ध्रुव वाग्ले : ४०१२ बाम - किरण गुरुङ : ३७५७

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर