काठमाण्डु, २२ मंसिर– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाण्डु १ बाट विवेशशिल साझाका रविन्द्र मिश्रले जित्ने चर्चा सुरु भएको छ । मतगणना हुनुअघि नै चिया पसल, पत्रकार र बुद्धिजिवी माझ यस्तो चर्चा सुरु भएको हो । विश्लेषकहरु पनि एमालेको भोटसमेत मिश्रले पाएको टिप्पणी गरिरहेका छन् । कांग्रेसका प्रकाशमान सिंहको भोट धेरै काट्ने र माओवादीले बलियो उम्मेदवार नउठाएका कारण एमालेको भोट पनि मिश्रलाई जाने चर्चा छ । तर, माओवादीका अनिल शर्माले पनि राम्रै मेहनत गरेका छन् । उता प्रकाशमान यसपटक पनि जित आफ्नै हुने आँकलन गर्छन् । तर, स्थानीय निर्वाचनमा यस क्षेत्रबाट विवेकशिललाई आएको मत दायाँ–बाँया नहुने हो भने मिश्रले जित्ने देखिन्छ । काठमाण्डुबाट मिश्रले जितेमा विवेशशिल साझा राष्ट्रिय पार्टी बन्ने सम्भावना बलियो छ । राष्ट्रिय पार्टी हुन एक प्रत्यक्ष र ३ समानुपातिकमा सिट जित्नुपर्छ ।
No comments:
Post a Comment