काठमाडौँ । पूर्व राजदूत तथा काँग्रेस नेता दीपकुमार उपाध्यायको चुनावी क्षेत्र कपिलबस्तु १ मा रोचक प्रतिस्पर्धा देखिएको छ। माओवादी उम्मेद्वार चक्रपाणि खनाल र काँग्रेस उम्मेद्वार उपाध्यायले बराबरी मतले प्रतिस्पर्धा गरिरहेका छन्। पछिल्लो ताजा मतपरिणाम अनुसार खनालले १० हजार ५ सय २६ मत प्राप्त गरेका छन् भने उपाध्यायले पनि त्यति नै मत प्राप्त गरेका छन्। खनाल वाम गठबन्धनको समर्थनमा उम्मेद्वारी बनेका हुन् भने उपाध्यायले भारतका लागि नेपाली राजदूत पदबाट राजिनामा दिएर काँग्रेसबाट चुनाव लड्न लागेका हुन्। यहाँको प्रतिस्पर्धाले दुबैका समर्थकको ढुकढुक बढाएको छ।
No comments:
Post a Comment