काठमाडौं– संघीयतासहितको नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले विगतमा जित्दै आएका केही जिल्लामा कुनै पनि सिट जित्न सकेन। अघिल्लो पटक जित हात पारेका सिन्धुपाल्चोक, मनाङ, काठमाडौं, धादिङ, नुवाकोट र मोरङ जस्ता जिल्लामा कांग्रेस शून्य बन्न पुग्यो। सिन्धुपाल्चोक अघिल्लो संविधानसभामा सिन्धुपाल्चोक जिल्लामा एक सिट नेपाली कांग्रेसले जितेको थियो। तर यस पटक दुवै क्षेत्र वाम गठबन्धनको पक्षमा परेको छ। बहालवाल सञ्चारमन्त्री रहेका मोहन बस्नेतले यस पटक आफ्नो क्षेत्र वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटालाई सुम्पनुपरेको छ। दुई क्षेत्र रहेको सिन्धुपाल्चोकको क्षेत्र नम्रब १ मा वाम गठवन्धनबाट माओवादीका सापकोटाले ४० हजार ५ सय ४ मत पाए भने बस्नेतले २९ हजार ७ सय ९८ मत पाए। क्षेत्र नम्बर दुईमा एमालेका शेरबहादुर तमाङले विजयी हात पारे। तामाङले ३८ हजार ४ सय २ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा ३० हजार ३ सय ६९ मतमा सीमित हुनुपर्यो। मनाङ एक मात्र निर्वाचन क्षेत्र भएको मनाङ लामो समयसम्म नेपाली कांग्रेसका एकछत्र निर्वाचन जित्ने जिल्ला थियो। तर यस पटक उक्त गढ वाम गठबन्धनले भत्काएको छ। नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमालेका उम्मेदवार पाल्तेन छेबाङ गुरुङले हराएका छन्। छेवाङ २३ सय मत ल्याउँदै विजयी भए। कांग्रेसका टेकबहादुरले २ हजार २१ मत ल्याए। धादिङ अघिल्लो पटक तीन क्षेत्र जितेको एमालेले यस पटक धादिङका दुवै क्षेत्रमा जित हात पारेको छ। राजेन्द्र पाण्डे, गुरुप्रसाद बुर्लाकोटी र धनप्रसाद घलेले अघिल्लो पटक जितेको यस क्षेत्रमा अहिले नयाँ अनुहारले जित हात पारेका छन्। धादिङको प्रतिनिधिसभा १ मा नेकपा एमालेका भूमि त्रिपाठी ४१ हजार १ सय २१ मत ल्याएर ठूलो मतान्तरले विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय २८ मत मात्र ल्याए। प्रतिनिधिसभा धादिङ २ मा एमालेकै खेम लोहनीले कांग्रेसमा दिलमान पाख्रिनलाई ६ सय ४० मतान्तरले पछि पार्दै विजयी भए। लोहनीले ३६ हजार २ सय ५६ मत प्राप्त गरे भने पाख्रिनले ३५ हजार ६ सय १६ मत मात्र ल्याए। धादिङको प्रदेशसभामा पनि दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। धादिङ २ को प्रदेश क मा वाम गठबन्धनकै उम्मेदवार एमालेका रामकुमार अधिकारी विजयी भए भने नम्बर एकको प्रदेशसभा क मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भए। यसैगरी सोही क्षेत्रको प्रदेशसभा ख मा वाम गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल विजयी भए। मुस्ताङ अघिल्लो पटक नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले जितेको मुस्ताङ जिल्ला यस पटक वाम गठवन्धनले जित हात पारेको छ। मुस्ताङमा सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभामा प्रेमप्रसाद तुलाचन ३४ सय ४४ मत ल्याएर विजयी भए। प्रदेशसभा क मा एमालेकै इन्द्रधारा विष्ट विजयी भए भने ख मा एमालेका महेन्द्रबहादुर थकाली विजयी भए।
No comments:
Post a Comment