जीवनशैली नयाँ लुगा लगाउन पाउँदा हामी मख्ख पर्छौं । अझ नयाँ लुगा किन्नेबित्तिकै दराजमा थन्काएर विशेष अवसर वा पर्वमा लगाउने आम मानिसको आदत नै हो । तर, किनेर ल्याएको नयाँ लुगा एक पटक धोएर मात्र लगाउनुपर्ने विज्ञहरु बताउँछन् । कपडा निर्माता कम्पनीका विज्ञहरुका अनुसार नयाँ कपडा नधोई लगाउदा रोगाणु सर्नुका साथै छालासम्बन्धि रोग लाग्ने गर्छ । निश्चय नै कपडामा विभिन्न प्रकारका रसायनहरु मिसाइएका हुन्छन् । कपडालाई आर्कषक र चम्किलो बनाउन ती रसायन प्रयोग गर्नुपर्ने हुन्छ । त्यसो त रसायन दलिसकेपछि लुगालाई निश्चित समय सुकाइएका नहुन सक्छन् । त्यसैले नधोइ लगाउदा यी रसायनले छालजन्य रोग निम्त्याउने गर्छन् । बेलायतको क्लथिङ निर्माण कम्पनीका विज्ञ लाना हग्यु बजारबाट सिधै किनेर ल्याएका लुगाले शरिरमा विभिन्न रोग लाग्ने बताउछन् । लुगा रंग्याउन प्रयोग गरिने डाइज छालाका लागि खतरा हुन्छन् ‘नयाँ लुगा किनेपछि एक पटक राम्रोसँग धोएर मात्र लगाउनुहोस् । नत्र तपाईको पसिनामार्फत लुगाको रसायन शरिरमा पुगी विभिन्न रोग लाग्ने खतरा हुन्छ ,’ उनी भन्छन् । नयाँ लुगामा बारम्बार रुपमा प्रयोग गरिने रसायन हुन फर्मालडिहाइदे रेसिन र एजो एनिलिने हुन् । यी रसायनले छालामा एलर्जी ल्याउने र डावर आउने गर्छ । फर्मालडिहाइदे रेसिन भने रंगहीन ग्याँस हो । लुगा खुम्चिन वा मुजा पर्नबाट जोगाउन यो ग्याँस नयाँ लुगामा प्रयोग गरिन्छ । यसले लुगालाई खुम्चिनबाट जोगाउँछ । तर, यो ग्याँसले छालामा एक प्रकारको एलर्जी ल्याउछ । केही वैज्ञानिकहरुका अनुसार त यो ग्याँस क्यान्सरको समेत कारक हो । लुगा बनाउने कम्पनीमा ३० वर्ष भन्दा बढी काम गरेका होउगका अनुसार लुगामा प्रयोग हुने विभिन्न रसायन, रंग र निर्माण पक्रियाले छालामा नयाँ नयाँ रोग निम्त्याएका छन् । सत प्रतिशत कटन गार्मेन्टमा पनि बेच्नुअगाडि रसायन प्रयोग गरिने उनको अनुभव छ । त्यस्तै अन्तिम विक्रेताको हातमा नपुग्ने बेलासम्म एउटै लुगा धेरै पसलमा पुग्नुका साथै विभिन्न मानिसले परीक्षण गरेका हुन्छन् । जस्तै बजारमा किन्ने सामानलाई हरेक मानिसले एक पटक नापेर वा परीक्षण गरेका हुन्छन् । लुगाको गुणस्तर हेर्न लुगा ओल्टाइपोल्टाई गरेका हुन्छन् । तर पसलमा आउने मानिस सबै सफा र निरोगी हुन्छन् भन्ने पनि हुदैन । एउटा रोगी मानिसले परीक्षण गरेर पसलमा छोडेको लुगा अर्को मानिसले लगाउदा स्वत रोग सर्न सक्छ । अर्कोतर्फ पसलमा प्रकाशमा चम्किलो पारेर सजायका लुगामा पनि कुनै न कुनै कारणले धुलो मैलो मार्फत किटाणू सरेको हुनाले पनि अन्य रोगबाट बच्न नयाँ किनेको लुगा एक पटक धोएरै लगाउनुपर्ने विज्ञहरु बताउछन् ।
No comments:
Post a Comment