मंसिर २६, २०७४-पूर्वमश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको बढहरिमा ट्रकको ठक्करबाट नेकपा एमालेका कार्यकर्ताको मृत्यु भएको छ । मिथिला नगरपालिका ८ बडहरिका एमालेका सकृय नेता ५१ वर्षीय थानेश्वर सिंहको राती ट्रक दुर्घटनामा मृत्यु भएको हो । पश्चिबाट पुर्व तर्फ जाँदै गरेको ना३ख ५६१३ नम्बरको ट्रकले ज८प ८२७७ नम्बरको मोटर साइकलमा ठक्कर दिंदा सिंहको मृत्यु भएको हो । मोटरसाइकल चलाएर मतगणना स्थल जनकपुर आउँदै गर्दा सिंहको दुर्घटनामा परि मृत्यु भएकाले हो । कार्यकर्ताको मृत्यु भएपछि शोकमा वामका तर्फबाट बिजय उम्मेदवारले विजय जुलुस मंगलबार नगर्ने भएका छन् । मंगलबार शोक बनाएर बुधबार विजय जुलुस निकाल्ने पार्टिका नेताहरूले बताए ।
No comments:
Post a Comment