काठमाडौं, २१ मंसिर । जाजरकोट, २१ मंसिर । जाजरकोटको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जाजरकोटको प्रदेश सभा (ख) का दुई वटा मतदान केन्द्रको मतपरिणाम सार्बजनिक भएको छ । मतपरिणाम अनुसार ७५२ मत गनिसक्दा काँग्रेसले ३५१ र बाम गठबन्धनले २८८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा मालेका जनक चलाउनेले २५ र नयाँ शक्तिका महेन्द्र शर्माले २ मत प्राप्त गरेका छन् । ७५२ मध्ये ८२ मत बदर भएको छ । प्रदेश सभा (ख) बाट काँग्रेस का दीपकजंग शाह र बाम गठबन्धनबाट करबीर शाही उम्मेदवार छन् । यस्तै, प्रतिनिधि सभाको मत परिणाम पनि प्राप्त भएको छ । बाम गठबन्धनका तर्फबाट बनेका माओवादीका शक्ति बस्नेतले ६१३ र काँग्रेसका राजीब शाहले ४३४ मत प्राप्त गरेका छन् । शक्ति बस्नेत, माओवादीः ६१३ राजिव विक्रम शाहः ४३४ मत गणना भएको १५ ठाउँ मध्ये बाम - ११ मा अगाडि काङ्ग्रेस - २ मा अगाडि राप्रपा हलो - १ मा अगाडि नयाँ शक्ति( बाबुराम ) - १ मा अगाडी
No comments:
Post a Comment