गोरखा। गोरखा २ मा मतगणना भइरहँदा मतपेटिका भण्डारण गरेको कोठाको चाबी बोकेर माओवादीका प्रतिनिधि गायब भएपछि हल्लाखल्ला भएको छ । यहाँ निरन्तर बाबुराम भट्टराईले अग्रता बढाइरहेका छन् । मतपेटिका राखेको कोठा खोल्न नपाएपछि मतगणना नै रोकिएको थियो । चाबी लिएर प्रतिनिधि हराएपछि षड्यन्त्रको आशंकामा निकै हल्लाखल्ला भयो । मतगणना नै रोकिएपछि ती प्रतिनिधिको निकै खोजी भयो । पछि ती प्रतिनिधि भेटिएका छन् । चावी लिएर गायव भएका ती माओवादी प्रतिनिधि हुन्-दिपक देवकोटा हुन्। ती प्रतिनिधिले आफ्नो फरार हुने नियत नभइ कामविशेषले बाहिर गएको बताएपछि अहिले स्थिति सामान्य भएको छ । उनी भेटिएपछि कोठा खोलेर मतपेटिका निकाली अहिले मतगणना सुचारु गरिएको छ satyasamachar.com
No comments:
Post a Comment