काभ्रे, २१ मंसिर । काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने नाग्रेगगर्चेमा गएराति काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । चौरी देउरी गाउँपालिका वडा २ नाग्रेगगर्चेमा भएको झडपमा बामगठबन्धनका ५ जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा अर्पण लामा, सायद प्रधान, प्रदेश लामा लगायत छन् । उनीहरुको टाउको र ढाडमा चोट लागेको छ । काँग्रेसले केहीदिन अघिदेखि दोलखा र रामेछाप जिल्लाबाट गुण्डा झिकाएको बाम गठबन्धनले दाबी गरेको छ । उनीहरुले नै गएराति ९ बजेतिर योजनाबद्ध ढंगले बाम कार्यकर्तामाथि आक्रमण गरेको गठबन्धनले जनाएको छ । यो क्षेत्रमा काँग्रेसबाट चर्चित गुण्डानाइके गणेश लामा उम्मेदवार छन् । प्रदेशसभाको उम्मेदवार बनेका तीर्थ लामा पनि काभ्रेली समूहकै सदस्य भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेशप्रसाद मरासिनीले घटना साम्य भइसकेको बताएका छन् ।
No comments:
Post a Comment