ललितपुर, १२ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा जनतालाई झुटो आश्वासन बाँड्न हेलिकोप्टरमा देश दौडाहामा निस्केको बताएका छन् । मंगलबार अपरान्ह ललितपुरको लगनखेलमा आयोजित चुनावी सभामा उनले प्रश्न गरे, ‘जनता झुक्याउन किन हेलिकोप्टर दौडाएको ? उनले देउवालाई बोल्न पनि नआउने टिप्पणी गरे र्। मुलुकको प्रधानमन्त्रीलाई बोल्न पनि आउँदैन । बामपन्थीको सरकार आए तानाशाही आउँछ, जयनेपाल १ । देउवाजीले बोल्ने त्यति हो उनले भने । बम पड्किरहन्छ, हामी अगाडि बढ्नुपर्छ’ भन्दै ओलीले कसैले तर्साएर आफूहरु नतर्सिने बताए । ओली मञ्चमा उक्लिनेबित्तिकै सभास्थल नजिकै विष्फोटको आवाज आएको थियो । सामान्य खालको बम नै हुन सक्ने सभास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् ।
No comments:
Post a Comment