काठमाडौं । पटक–पटक अर्थमन्त्री भइसकेको कांग्रेसका प्रभावशाली नेता रामशरण महत नुवाकोट–१ मा पछि परेका छन् । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उमेदवार हितबहादुर तामाङले ३ हजार ३३६ मत प्राप्त गर्दा महतले २ हजार ८८३ मत प्राप्त गरेका छन् । नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी पछाडि पर्नुभएको छ । उहाँले ६७९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ८८८ मत प्राप्त गर्नुभएको छ । केसी खतिवडाभन्दा २०९ मतले पछाडि हुनुहुन्छ । त्यसैगरी रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार प्रतिनिधिसभातर्फ वामगठवन्धनका श्यामकुमार श्रेष्ठले १ हजार ५ सय ३८ मत प्राप्त गरेर अग्रस्थानमा रहनुभएको छ भने नेपाली कांग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम)ले ९ सय ७० मत प्राप्त गरेर दोश्रो स्थानमा रहेका छन् । त्यसैगरी प्रदेशसभा (क) तर्फ वामगठवन्धनका उम्मेदवार शान्तिप्रसाद पौडेलले १ हजार ९० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार रत्ववहादुर कार्कीले ८ सय ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रदेसशभा (ख) तर्फ वाम गठवन्धनका उम्मेदवार कैलाशप्रसाद ढुंगेलले १ हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार जितवहादुर मगरले ४ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
No comments:
Post a Comment