भारतीय क्रिकेटर विराट कोहली तथा अभिनेत्री अनुष्का शर्माबीचको प्रेमसम्बन्ध कसैबाट लुकेको छैन । हालसम्म उनीहरूले आफूलाई प्रेमी–प्रेमिकाका रूपमा परिचय नगराए पनि उनीहरूको सामीप्यता जगजाहेर छ । तिहारको अवसर पारेर प्रसारण हुने एउटा विशेष कार्यक्रमका लागि आमिर खानसँग कुराकानी गर्ने क्रममा विराटले अनुष्काका बारेमा केही रोचक कुरा बोलेका छन् । विराटका अनुसार अनुष्का इमानदार छिन् भने उनको हेरचाह गर्ने स्वभाव विराटलाई विशेष मन पर्छ । यद्यपि अनुष्काको एउटा कुरा विराटलाई मन पर्दैन । विराटका अनुसार उनी हरेक समारोह अथवा भेटघाटका क्रममा सधैं पाँचदेखि सात मिनेट ढिलो पुग्छिन् । अनुष्काले आफूलाई असल व्यक्ति बनाएको बताउँदै विराटले उनीहरूबीच राम्रो समझदारी भएको समेत उल्लेख गरेका छन् । ‘सहज मात्र होइन असहज परिस्थितिमा समेत अनुष्काले सधैं मलाई साथ दिएकी छिन्’ विराटले अनुष्काको प्रशंसा गर्दै भनेका छन् ।
No comments:
Post a Comment