• Breaking News

    रातारात देउवाको चलाखी धमाधम कार्यकर्तालाई राजनीतिक नियुक्ति

    काठमाडौं,मंसिर २५ । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ । बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपिकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् । त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् । बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन । स्रोतका अनुसार आर्थिक चलखेलमा बिकास बोर्डको अध्यक्ष नियुक्त गरिएको छ । नयाँ सरकार गठनको लागि जनताले म्याण्डेट दिइसकेको अवस्थामा भएका नियुक्ति आउने सरकारले बदर गर्ने एमाले नेता सुवास नेम्वाङले बताए । नेम्वाङले भने-यदि सरकारले नयाँ नियुक्ति गरेको हो भने त्यो भन्दा लज्जास्पद केही हुदैन । यस्ता निर्णय आउने सरकारले मान्नुपर्छ भन्ने छैन । सोमवारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेबारेमा भने निर्णय गरेन । बैठकमा यसबारेमा छलफल नभएको र अर्को बैठकले निर्णय गर्ने शहरी विकास मन्त्री दिलनाथ गिरीले बताए । स्रोत : अनलाईन खबर

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर