• Breaking News

    राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्रीको राजीनामाः कांग्रेस

    २७ मंसिर, काठमाडौं । सरकार छाड्ने तयारीमा रहेको नेपाली कांग्रेसले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व भएको बताएको छ । साथै, प्रधानमन्त्रीको राजीनामा मागेर होहल्ला नगर्न समेत वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेको छ । सरकारले भोलिको मन्त्रिपरिषद् बैठकबाट प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने तयारी गरेको छ । तर, नयाँ सरकार गठनको तयारीमा रहेका एमाले र माओवादीका नेताहरुले यसमा असन्तुष्टि जनाएका छन् । कांग्रेस नेता बालकृष्ण खाँडले भने संवैधानिक व्यवस्था अनुसार सरकारले काम गर्नु पर्ने बताउँछन् । ‘अस्थायी मुकाम तोक्न गृहकार्य भइरहेको छ’, खाँडले अनलाइनखबरसँग भने, ‘समानुपातिकको नाम बुझाउन साथ २० मुख्यमन्त्रीको सपथ गराउनुपर्छ । यसका लागि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व हो ।’ राष्ट्रिय सभा गठन नभएसम्म केन्द्रमा सरकार बन्न नसक्ने दाबी गर्दै उनले प्रदेश प्रमुख तोकिने संकेत गरे । उनले भने, ‘यदि नयाँ बन्ने सरकारलाई उपयुत्त, लागेन भने नयाँ निर्णय गर्न सक्छ । तर, यो सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्नुपर्छ ।’ सरकार गठनमा अवरोध हुँदैन प्रधानमन्त्री देउवा निकट मानिने नेता खाँडले नयाँ सरकार गठनमा अवरोध नहुने बताएका छन् । ‘राजीनामाबारे अहिले पार्टीमा छलफल भइरहेको छैन’ नेता खाँडले भने, ‘तर, राष्ट्रिय सभा गठन भएपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्छ र गर्नुहुन्छ ।’ तर, पाँच वर्षका लागि म्याण्डेट लिएको आएको वाम गठबन्धनका नेताहरुलाई अहिले नै राजीनामा माग गर्दै होहल्ला गर्दै असहिष्ण व्यवहार नदेखाउन आग्रह गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर