• Breaking News

    विनोद चौधरीले कांग्रेसको हारपछि दिए सनसनीपूर्ण बयान,

    काठमाडौं । अर्बपति उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले कांग्रेस नेता कार्यकर्तालाई नआत्तिन आह्वान गरेका छन् । देशभर कांग्रेस हारिरहेका बेला सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै हारबाट आत्तिन र धेर्य गर्न आह्वान गरेका हुन् । निर्वाचन परिणामलाई लिएर आत्तिनुपर्ने अवस्था छैन्,’ उनले भनेका छन्– ‘जनताले माया गरिरहेकै छन् । सबैलाई साथमा लिएर नयाँ किसिमको रणनीति र दिशा दिनुपर्ने आजको आवश्यकता हो । लोकतन्त्रमा विश्वास राख्नेले हतास मान्नुपर्ने अवस्था छैन् ।’ उनले विकास र समृद्धिलाई कांग्रेसले अब स्थायी एजेण्डा बनाएर अघि बढ्नुपर्ने धारणा समेत राखे । ‘पार्टीमा व्यवहारिक परिवर्तन ल्याउनुपर्छ, युवाहरुको भुमिका, सिनियरहरुको अनुभवबाट फाइदा लिनुपर्छ । सबै मिलेर जानुपर्छ,’ उनले भने– ‘पार्टीमा परिवर्तन जरुरी छ । हामी अवश्य सफल हुन्छौं ।’उनले दुईतिहाई बहुमत प्राप्त गरेको वाम गठबन्धनलाई बधाई समेत दिएका छन् । देशको विकास र समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । सुचना केन्द्रको सहयोगमा

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर