• Breaking News

    ‘डा.गोविन्द केसीको सेखी झारिने’

    २०७४ मङ्सिर २७ बुधबार काठमाडौं, २७ मंसिर । देशको स्वास्थ्यशिक्षालाई नियमित गर्न १२ पटक अनसन बसिसकेका डा.गोविन्द केसीको सेखी झार्न अर्को महिना वाममोर्चाको सरकारले मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिने भएको छ । यसको जानकारी कलेजका अध्यक्ष तथा धादिङलाई लालकिल्ला बनाउन सफल एमालेका नेता राजेन्द्र पाण्डेले खुलेर बताउन थालेका छन् । यद्यपि उनी यो प्रदेशको मुख्यमन्त्री बन्न माधव नेपालका साथ केपी ओलीसम्म पुगिसकेका छन् । अध्यक्ष ओलीले नचाहिने निर्णय सबै सच्याइनेछ भनिसकेका छन् र मेडिकल शिक्षानीति कस्तो हुने हामी तय गर्छौं पनि भनिसकेका छन् । यो संकेत भनेको मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिने विषय नै हो । राजेन्द्र पाण्डे तिनै नेता हुन् जसले डा.गोविन्द केसी मरे पनिहुन्छ भनेका थिए । आमजनताले साथ दिएर डा.गोविन्द केसीको अनसन सफल हुँदै आएको त छ तर बहुमत प्राप्त सरकारले गरेको निर्णयको विरुद्ध डा.गोविन्द केसी जान सक्लान् र ? एमालेको नेतृत्वमा स्थिर सरकार बन्ने भएपछि मेडिकल माफियाहरु खुशीका साथ सक्रिय हुनथालेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर