• Breaking News

    ओलीलाई फकाउन खोज्दै भारत, राम माधवले भने, ‘ओली मेरा पुराना साथी’

    काठमाडौं, २६ मंसिर — नेपालमा वाम गठबन्धनले विजय प्राप्त गरेर सरकार बनाउन लागेपछि भारतीय पत्रिकाहरूमा धमाधम यससम्बन्धी विश्लेषणहरू आइरहेका छन् । यसै क्रममा भारतको अंग्रेजी दैनिक दी इन्डियन एक्सप्रेसमा ज्योति मल्होत्राको बाईलाईनमा एउटा विश्लेषण मंगलवार छापिएको छ । त्यसमा लेखिएअनुसार, भारतले नेपालको ताजा राजनीतिक घटनाक्रममा टिप्पणी नगरिकन राष्ट्रिय स्वयंसेवक संघका नेता राम माधवलाई बोल्न लगायो । राम माधवले भने, ‘म नेपाली जनता र वाम गठबन्धनलाई विजय दिलाउने केपी ओलीलाई बधाई दिन्छु । ओलीजीसँग मेरो लामो समयदेखि व्यक्तिगत सम्बन्ध भएको नाताले म भन्न सक्छु कि भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुन्छ ।’ ओली सत्तामा आउनुलाई भारतको नेपाल नीतिको असफलताका रूपमा मल्होत्राले टिप्पणी गरेकी छन् । मधेशीहरूलाई मूलधारमा ल्याउनका लागि भन्दै भारतले अनौपचारिक रूपमा आर्थिक नाकाबन्दीलाई समर्थन गरेपछि ओली सरकारले त्यसको विरोध गरेको मल्होत्रा लेख्छिन् । उनले नेपालको सार्वभौमसत्तामा भारतको हस्तक्षेपलाई देखाउँदै मुलुकलाई चीनतर्फ लगेको मल्होत्राको टिप्पणी छ । राम माधव लगायत भारतका वरिष्ठ नेताहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीबीचको सम्बन्ध सुधार्नका लागि कोशिश गरेको मल्होत्रा लेख्छिन् । त्यसैले ओलीको विजयपछि उनलाई फकाउन भारतले कोशिश गरेको निष्कर्ष यसबाट निकाल्न सकिन्छ ।lokaantar

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर