• Breaking News

    चुनाव हारेको झोकमा डाक्टर महत, प्रधानमन्त्री देउवा, सुजता र लालबाबुमाथि एकाएक यसरी खनिएपछि

    काठमाण्डौं । नुवाकोट क्षेत्र १ का पराजित कांग्रेस उम्मेदवार डाक्टर रामशरण महतले आफु पार्टीभित्रैको आन्तरिकद्धन्दका कारण पराजित भएको टिप्पणी गरेका छन् । छलफल डटकमसँग कुरा गर्दै डाक्टर महतले कहिले भ्रष्ट भन्ने कहिले जस्तापाता चोरको आरोप लगाउने केहि कांग्रेसी नेताले आफनो चरित्र हत्या गरेको समेत आरोप लगाए । कांग्रेस नेतृ सुजता कोइराला, एमाले नेता लालबाबु पण्डितको नामै लिएर महतले भने यस्ता फोहोरीहरुलाई मुलुकको मुल राजनीतिमा स्थान दिनै नहुने बताए । छलफल डटकमका प्रतिनिधिले त्यस्ता आरोप लगाउने आफनै दलका नेतालाई किन कार्बाही गर्न सक्नु भएन भन्ने प्रश्नमा नेता महतले भने, सुजता जस्ता फोहोरीसँग सवाल जवाफ गर्नु वेकाम भएको तर्क गरे । केहि समय अघि सार्वजनिक रुपमै कांग्रेस नेतृ कोइरालाले डाक्टर महत जस्ता भ्रष्ट नेता कांग्रेसमा रहे कांग्रेस पार्टी नै नरहने आरोप लगाएकी थिइन् । निर्वाचनमा पराजित डाक्टर महतले एमाले नेता लालबाबु पण्डितप्रति पनि आक्रोष व्यक्त गरे । म जस्तो राष्ट्रवादी नेतालाई विदेशी डिभि पिआर छ भन्ने ती पुर्वतिरका ती एमाले कार्यकर्ता पण्डितलाई डिभि पिआर देखाईदिन पनि उनले चुनौती दिए । कोइरालाको र पण्डितले डाक्टर महतमाथि लगाएको सो आरोप निर्वाचनभरि सामाजिक सन्जालमा भाइरल भएको थियो । उत्कृष्ठ अर्थमन्त्रीको अवार्ड जितेको नेतालाई त्यस्ता व्यक्तिहरुले आरोप लगाएक केहि फरक नपर्ने उनको भनाई थियो । निर्वाचनमा हार्नुको कारणमा पनि डाक्टर महतले प्रधानमन्त्री शेरवहादुर देउवाको फितलो कार्यशैली, टिकट वितरणमा देखिएको मनोमानी र वाम एकता भएको तर्क गरे । उनले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले माओवादीसँगको सहकार्य तोड्नु नै महाभुल भएको बताए । विपक्षीको रणनीति वुझन नसक्ने र पार्टी समेत हाँकन नसक्ने पार्टी सभापति देउवाले निर्वाचनको परिणामसँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आशय व्यक्त गरे । अब बन्ने वामपन्थी सरकारप्रति पनि उनले आशंका व्यक्त गरे । डाक्टर महतले भने सस्तो लोकप्रियताको कार्यक्रम ल्याएर वामपन्थीहरुले देशलाई असफल राष्ट्र बनाउन सक्छन, मेरो चिन्ता त्यहि छ । अब बन्ने सरकारको जसले नेतृत्व गरेपनि दिगो विकासका कार्यक्रमलाई जोड् दिनुपर्ने उनको सुझाव थियो ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर