झापा, मंसिर २३ – झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको जीत अब गणितीय रुपमा मात्र बाँकी रहेको देखिन थालेको छ । शुरुदेखि नै पछि परिरहेका सिटौला गणनाको अन्तिम चरणतिर आउँदा झनै धेरै मतले पछि पर्ने देखिएको छ । पछिल्लो विवरण अनुसार सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसंग ७ हजार ४ सय ८६ मतले पछि पर्नुभएको छ । पछिल्लो विवरण अनुसार लिङदेनले २२ हजार ३ सय ९ मत पाउनुभएको छ भने सिटौलाको १४ हजार ८ सय २३ मत छ ।
No comments:
Post a Comment