• Breaking News

    कैलालीमा आरजु र सुनसरीमा विजय गच्छदार ‘डेन्जर जोन’मा

    कैलाली–५ मा कांग्रेस उम्मेदवार आरजु राणा भन्दा एमाले उम्मेदवार नारदमुनी राना २ हजार २९ मतले अगाडि छन् । रानाले १७ हजार १ सय ७६ मतका साथ अग्रता लिएका छन् भने राणाले १५ हजार १ सय ४७ मतसहित पछ्याइरहेका छन् । यसैबीच, कैलाली–४ मा माओवादीका लेखराज भट्टले अग्रता लिएका छन् । भट्टले १२ हजार ९ सय १० र कांग्रेसका सुनिल भण्डारीले ७ हजार ९ सय ९६ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्रीसमेत रहेका सुनसरी क्षेत्र नम्बर ३ का कांग्रेस नेता विजयकुमार गच्छदारलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको छ । एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले मतान्तर बढाउदै लगेपछि उनलाई विरासत जोगाउन समस्या भएको हो । गच्छदारले ६ हजार ५२९ मत ल्याउँदा भगवतीले ८ हजार ५९८ मत प्राप्त गरेकी छन् । गच्छदार अहिले भगवतीलाई पछ्याइरहेका छन् । गच्छदार २०४८ सालयता अहिलेसम्म पनि पराजित बनेका छैनन् । २०५१, ०५६ मा मात्रै हैन, २०६४ सालको पहिलो संविधान सभाबाट पनि कांग्रेसबाट भारी मतले विजयी बनेका थिए । २०७० को संविधान सभा निर्वाचनमा भगवतीसँग ३६२ मतले मात्र जितेका थिए । तर, यो पटक भने गच्छदारलाई भगवतले गतिलो चुनौती दिइरहेकी छन् । प्रदेशसभा ‘क’मा एमालेका निलम बस्नेतको ३ हजार २९६ रहेको छ । कांग्रेसका किशोरजंग थापाले २ हजार ९६१ मत रहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर