काभ्रे,२५, मंशिर काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा उम्मेदवार बनेका चर्चित डन गणेश लामा पराजित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गणेश वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका चन्द्र लामासँग ४ हजार १ सय ७७ मतले पराजित भएका हुन्। विजयी चन्द्र लामाले २४ हजार ४ सय ४७ मत प्राप्त गरे भने गणेश लामाले २० हजार २ सय ७० मत पाएका छन्। यता काभ्रेको प्रतिनिधि सभा १ मा पनि माओवादीका गङगा ब तामाङ ४३ हजार ६३१ मत ल्याएर बिजयी भए । उनका निकटतम काँग्रेसका तिर्थ लामा ले ३९ हजार ६०५ मत पाए । प्रदेश ख मा पनि बाम गठबन्धनकै रत्न ढकाल २५ हजार १०६ मत पाएर विजयि हुँदा काँग्रेसका सिवि लामा १७ हजार ८५५ उपविजेता बनेका थिए ।
No comments:
Post a Comment