• Breaking News

    हार पछि नेपाली कांग्रेस का हस्तीहरुको प्रतिक्रिया के छ त ?

    मंसिर २४, २०७४-कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नुपरेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशीलगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् । शनिबार रातिसम्मको मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जित्ने सम्भावना करिब टरेको छ । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका पौडेलले योपल्ट आफ्नो क्षेत्रलाई सुरक्षित गर्न नसक्ने देखिएको छ । धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधिको अवस्था पनि सुरक्षित छैन । उनी राजपा नेता राजेन्द्र महतोभन्दा धेरै पछाडि पर्दै गएका छन् । सुर्खेतमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पनि संकटमै छन् । कांग्रेसका प्रभावशाली मानिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा धेरै पछाडि धकेलिएका छन् । शीर्ष नेतामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंहमात्रै विजयी भएका छन् । कांग्रेससँंग पार्टी एकता गरी चुनावमा होमिएका विजय गच्छदारसमेत संकटमै छन् । गच्छदारलाई सुनसरी–३ मा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरीले टक्कर मात्रै दिएकी छैनन्, मतान्तर बढाउँदै लगेकी छन् । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका गच्छदारले आफू नेतृत्वको फोरम लोकतान्त्रिकलाई चुनावको मुखमै कांग्रेसमा मिसाएर मैदानमा उत्रिए पनि जित सुनिश्चित गर्न सकेनन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर