सिन्धुपाल्चोक। सिन्धुपाल्चोक–२ मा पछिल्लो समय २ सय मत अन्तरले अगाडि रहेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबरा एक्कासी निकै ठूलो मत अन्तरले पछि परेका छन् । बिहान ५ बजेसम्म उनको अग्रता १३७ बाट बढेर २०० पुगेको थियो । पछिल्लो परिणामअनुसार भने राणा निकै पछि परेका छन् । यहाँ वाम गठबन्धन शेरबहादुर तामाङ ७२३९ मतसहित अग्रस्थानमा रहँदा लोकतान्त्रिक गठबन्धनका पशुपतिशमशेर राणा ६५३३ मतसहित पछि परेका छन् । यहाँ शेरबहादुरको मत अन्तर एक्कासी फराकिलो बनेर ७०६ पुगेको छ ।
No comments:
Post a Comment