सर्लाही क्षेत्र नम्बर ४ को हाल गतगनणा जारी छ । तर, त्यहाँ काग्रेस नेता, कार्यकर्ता र राजपाबीच ठूलो झडप भएको जानकारी प्राप्त भएको छ । सर्लाही सदरमुकाम मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह घाइते भएको राजपाका उम्मेदबार राकेश मिश्राले बताएका छन् । बिवाद हुँदै ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । क्षेत्र नम्बर ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको मतपेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएपछि विवाद भएको थियो । उम्मेदवार मिश्रले भने् चुनावको दिन ४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको थियो । तर, गणना हुँदा चाँही ९६ प्रतिशत मतदान रेकर्ड देखाइएको छ ।
No comments:
Post a Comment