२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं १ बाट चुनाव जितेको घोषणा हुँदैगर्दा रातको सवा २ बजेको थियो । त्यही बेला राष्ट्रिय सभागृहबाट लाइभ प्रसारण गरिरहेको एएटा निजी टेलिभिजनले उनको अन्तरवार्ता लिने प्रयास गर्यो । एक चर्चित निजी टेलिभिजनका पत्रकारले प्रकाशमानज्यू तपाईलाई बधाइ छ भनेर कुराकानी सुरु गर्नासाथ सिंहले उक्त टेलिभिजनलाई गाली गर्न सुरु गरिहाले । चुनावका बेलामा सो टीभीले ‘बायस न्युज’ दिएको भन्दै प्रकाशमानले औलो ठड्याउँदै गाली गरे । र, पिठ फर्काएर हिँडे । लगत्तै प्रकाशमानलाई अर्को निजी टीभीका पत्रकारले भेटे । सो टीभीसँग चाहिँ सिंहले समान्यरुपमा कुरा गरे । नेपाली कांग्रेसलाई अब सुधार गरेर जनताको चाहना अपेक्षा अनुसार अगाडि बढाउने सिंहले बताए । सरकारले राम्रो परफरमेन्स गर्न नसकेको र कांग्रेसको नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको हुनाले कांग्रेसले चुनावमा सोचेजस्तो सफलता हासिल गर्न नसकेको सिंहले विश्लेषण गरे । अब आफूले वीपी, सुवर्ण र गणेशमानको भावना अनुसार कांग्रेसलाई अघि बढाउने उनले बताए । यसैवीच प्रकाशमान सिंहको जितसँगै राति नै देखि कांग्रेस कार्यकर्ताहरुले सभागृह अगाडि नारावाजी गरेर खुशीयाली मनाएका छन् ।
No comments:
Post a Comment