• Breaking News

    होटलमा जन्मदिन मनाएर प्रेमिका भावनाको यसरि निर्ममतापूर्वक हत्या गरे प्रेमी प्रदीपले

    धरान- धरानको एक होटलमा भावना मगरको बुधबार बिहान हत्या भएको छ ।परेली होटेल एन्ड लजमा वेटर काम गर्दै आएकी भावना मगरको उनका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटेलको ‘स्टाफ रुम’मा बसेकी भावनाको शव हत्या गरेको अवस्थामा फेला परेको बताइएको छ । जन्मदिन मनाउन मंगलबार भावना प्रेमीसँगै बगरकोट गएको र राति होटेलमा फर्किएका उनीहरूबीच झगडा भएपछि उनका प्रेमी ले उनको हत्या गरी शव पंखामा झुन्ड्याएको अवस्थामा फेला पारेको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै चिकित्सकसहितको टोलीका साथमा घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको बताइएको छ ।भावनाको हत्यामा संंलग्न अभियुक्त उनका प्रेमी प्रदिपलाई पक्राउ गरिसकिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर