काठमाडौं, २५ मंसिर । सरकारले नेपाली सेनाका दुई सहायक रथीको पदावधि थप गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको हो । बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
No comments:
Post a Comment