• Breaking News

    काँग्रेसको हारमा आयो प्रचण्डको यस्तो प्रतिक्रिया

    काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनीधिसभा र प्रदेशसभामा काँग्रेसले व्योहोरेको हार उसका लागि शिक्षा हुने बताएका छन् । प्रचण्डले काँग्रेसको हार उसका लागि चुनौति र अवसर दुवै रहेको पनि बताए । । आज एक टीवी च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन् चुनाव हारेपनि काँग्रेसको प्रतिपक्षको भूमिका हुन्छ नै । हामील पनि राष्ट्रिय मुद्दामा उसँग सहमति त गर्नुपर्ने हुन्छ । यो हार काँग्रेसका लागि कमीकमजोरी सच्चाउने मौका हो । यस्ता खालका चुनावी परिणामले पार्टीलाई सच्चिने मौका दिन्छन् । यो हार काँग्रेसका लागि चुनौति पनि हो अवसर पनि हो । वीपीको आर्दशतिर, गिरिजाबाबुको गणतन्त्र र शान्तिको आर्दशतिर फर्कने अवसर हो । देउवाजीले जित्नु भएको छ । उहाँलाई बधाई छ । काँग्रेस देउवाकै नेतृत्वमा पुरानो आर्दशतिर फर्कियोस् । त्यहाँभित्र अराजकता छ । त्यो हल होस् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर