• Breaking News

    समानुपातिक मतगणना, टप १० भित्र को-को परे ? (अपडेट)

    मङ्सिर २४, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा ४ लाख ६२ हजार २४४ मत पाएको छ भने दोश्रोमा ४ लाख ४२ हजार ३३० मत पाएर कांग्रेस माओवादी भन्दा अगाडी छ, त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म २ लाख १२ हजार ७५४ मत प्राप्त गरेको छ । समानुपातिक मतगणना- (प्राप्त मतका आधारमा) हालसम्म कसले कति मत पाए ? १. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 462244 २. नेपाली काँग्रेस: 442330 ३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 212754 ४. राष्ट्रिय जनता पार्टी नेपाल: 25780 ५. विवेकशील साझा पार्टी: 24290 ६. राष्ट्रिय प्रजातन्त्र पार्टी: 23128 ७. संघीय समाजवादी फोरम, नेपाल: 18703 ८. नयाँ शक्ति पार्टी, नेपाल: 18265 ९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 9554 १०. राष्ट्रिय जनमोर्चा: 7618 ११ . अन्य: 29530

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर