• Breaking News

    गुल्मीमा लज्जास्पद घटना , चुनावी प्रयोजनका लागि मन्दिरभित्र मदिराको गोदाम !

    गुल्मी | चुनावको मुखमा आईपुग्दा गुल्मीमा लज्जास्पद घटना घटेको छ । चुनावी प्रयोजनका लागि गुल्मी दरवार गाउँपालिका अन्तरगतको पुर्खे भन्ने स्थानमा जानेवाटो नजिकै उदिन डाँडाको शिवालय मन्दिर भित्र दुई वोरा मदिरा लुकाएर राखेको अवस्थामा क्षेत्र नम्वर १ को चुनावी प्रचारमा हिडेका वामगठबन्धनका कार्यकर्ताहरुले वरामद गरेका छन् । गुल्मी दरवार गाउँपालिको शिवालय मन्दिरमा गौडाकोट तर्फबाट कांग्रेस कार्यकर्ता भनिएका हर्कबहादुर थापाले बोकेर शिवालय मन्दिर भित्र लगेर लुकाएको अवस्थामा वामगठबन्धनका कार्यकर्ताहरुले प्रहरी वोलाएर वरामद गरेका हुन् । त्यस मन्दिरमा पुगेका वामगठबन्धनका कार्यकर्ताले कांग्रेस कार्यकर्ता भनिएका थापाले चाँवी हरायो भन्दै मन्दिरको ढोका खोल्न नमाने पछि प्रहरी बोलाएर ढोका खोली दुई वोरा भित्र लुकाएर राखेको ४८ वटा शिलप्याक मदिरा वरामद गरिएको थियो । कांग्रेस कार्यकर्ता भनिएका थापालाई भने प्रहरीले मदिरा सहित पक्राउ गरेको बताईएको छ । स्मरण रहोस त्यसै गाउँपालिका अन्तरगत केहि दिन अघि निर्वाचन आचर संहिता लागे पछि पनि वलिथुममा नेपाली कांग्रेसका सभापति प्रेम पुनले वितरण गरेको खानेपानीको दुई रोल पाईप पनि वामगठबन्धनले वरामद गरेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर