• Breaking News

    एकाबिहानै गगनको अभिव्यक्ति प्रति काँग्रेस असन्तुष्टि व्यक्त गर्दै गगनलाई कारबाही गर्न माग

    २५ मंसिर, काठमाण्डौ । गगन थापालाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीको आवाज उठ्न थालेको छ । प्रचण्डसँग मिलेर जाने विषयमा कुरा उठ्दा थापाले नै विरोध गरेको तर अहिले चाँही अरुलाई दोष देखाएर सभापतिमाथि हस्तक्षेप गर्छु भन्दै हिँडेको आरोप थापामाथि लगाइएको छ । विगतमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेस पराजित हुँदा कोही नबोलेको तर अहिले देउवामाथि सबै नेताहरु खनिएको भन्दै देउवा पक्षले आपत्ति जनाएका छन् । थापालाई चुनाव प्रचारप्रसार समितिका उपसमितिको संयोजक बनाउन खाजेको भए पनि जिम्मेवारी लिन नमानेको बताइएको छ । चुनावको मुखमा आफैँमाथि पटका पड्काएर सहानुभूतिको भोट लिन खोजेको आरोपसमेत थापामाथि केही नेताहरुले लगाएका छन् । एक संचारमाध्यमलाई दिएको अन्तरवार्तामा थापाले भनेका छन्, नेताहरुले सकेसम्म आफ्नो ठाउँबाट सोच्नुहोस् । मान्नुभएन भने साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयास गर्छु । उहाँहरुले छोड्नैपर्छ । अहिलेको नेतृत्वले विश्राम लिनैपर्छ ।’ थापाको यही भनाई अनुशासन र पार्टी हित विपरित भएको भन्दै कतिपयले कारबाही गर्नुपर्ने आवाज उठाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर