• Breaking News

    महन्त ठाकुर. उपेन्द्र यादब पनि ओली सरकारमा जान कस्सिए

    काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभाको निर्वाचन परिणाम आएलगत्तै संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने पक्कापक्की भएको छ । निर्वाचन मतपरिणामबाट निकै उत्साहित बनेको वाम गठबन्धनले अबको १५ दिनभित्रै नयाँ सरकार गठन गर्नेछ । सूत्रहरुले बताए अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने भएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यसबारेमा विशेष रुपमा वाम गठबन्धनले कुरा अघि बढाएको छ । यादवले पनि ओलीको सरकारमा सहभागी हुनेबारे ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ । सरकार ओलीको हातमा भए पछि एकाएक उपेन्द्र यादव कस्सिएकाछन् स्रोत थप्छ । यता एमाले नेताहरुले पनि ओलीले नै अब बन्ने सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । वाम गठबन्धनको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतापछिको पार्टीको नेतृत्व गर्नेबारे दुई दलवीच सहमति भैसकेको छ। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सरकारमा सहभागी गराउनेबारे वाम गठबन्धनका नेताहरुले आन्तरिक छलफल गरेका छन् । यद्धपी यसबारेमा कुनै ठोस कुरा अघि भने बढाईएको छैन । तर अध्यक्ष ठाकुरले भने ओली नेतृत्वको सरकारमा सहभागी हुने ईच्छा दर्शाएका छन् । एमाले र माओवादी केन्द्रबीच राजनीतिक एकता भइसकेपनि कानुनी र संगठनात्मक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पहिले सरकार गठन र त्यसपछिमात्र पार्टी एकता दुवै दलका नेताहरुले बताउँदै आएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर