• Breaking News

    आजबाट नेपाली जहाज यी देशका आकाशमा उड्न नपाउने -कारण के छ ?

    मंसिर १९, काठमाडौं । युरोपियन युनियन इयुले नेपाली विमानलाई युरोपेली आकाशमा उड्न पुनः प्रतिबन्ध लगाएको छ । चार वर्षदेखि युरोपेली आकाशमा उड्न लगाएको प्रतिबन्ध फुकुवा गरेको केही समयमै इयुले सुरक्षाको कारण देखाउँदै पुनः प्रतिबन्ध लगाएको हो । गएको हप्ता हवाई सुरक्षा सूचि अध्यावधिक गर्दै इयुले नेपाली विमान युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाइएको जनाएको छ । नागरिक उड्ययन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुधारबारे प्रतिवेदन इयुलाई पठाएपनि इयुले भने लाइसेन्स प्रक्रिया, तालिमलगायतमा कमजोरी देखाउँदै प्रतिबन्ध लगाएको जनाएको छ । साथै उसले प्राधिकरणको कार्य क्षमतामा समेत प्रश्न उठाएको समाचारमा उल्लेख छ । इयुले नेपालसहित १ सय ७८ वटा विमान कम्पनीलाई पनि युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर