• Breaking News

    नेपाल वारे यसरि बोल्यो भारतीय मिडिया

    काठमाडौं, २५ मंसिर । पाँच दिनअघि भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी रहेकै बेला भावी प्रधानमन्त्रीको अड्कलबाजी हुन थालेको छ । मुलुकभित्र र बाहिर भावी प्रधानमन्त्रीको अड्कलबाजी हुन थालेको छ । एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले दुई तिहाइ ल्याउने निश्चित भएसँगै भावी प्रधानमन्त्रीको रुपमा अड्कलबाजी हुन थालेको हो । यद्यपी नेपालभित्र केपीशर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ भने विदेशी सञ्चार माध्यमले समेत ओलीलाई भावी केन्द्रीय सरकारको नेतृत्व गर्ने अड्कल गरेका छन् । वाम एकता भएलगत्तै भारतीय सञ्चार माध्यमले ‘नेपालमा वाम गठबन्धनको सरकार’ गठन हुने स्थिति आउन दिन नहुने र यसका लागि कांग्रेसलाई सहयोग गर्नुपर्ने समाचार सम्प्रेषण गरेका थिए । तर, वामको दुई तिहाइ आउने भएपछि भारतीय सञ्चार माध्यमले ‘अबको प्रधानमन्त्री केपीशर्मा ओली’ निश्चित जस्तै भएको समाचार प्रकाशित गरेका छन् । वाम गठबन्धन गर्ने बखत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल थाहाल प्रचण्ड र ओलीबीच ‘ओली’लाई नै प्रधानमन्त्री बनाउन सहमति भएको चर्चा चलेको थियो । सो सहमतिसँगै वाम गठबन्धनभित्र ‘राजनीतिक कोर्ष’ अघि बढाइएको बताइन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर