• Breaking News

    एमालेलाई अर्को खुसि, समानुपातिकमा पनि लियो फराकिलो अग्रता

    २०७४, २६ मंसिर मंगलवार ०६:०९ काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता बढाउँदै लगेको छ । उसले झण्डै एक लाख मतले अग्रता लिएको छ । समानुपातिकमा झण्डै ३० लाख मतगणना हुँदा एमालेले १२ लाख २ हजार ८ सय १५ मतसहित अग्रता लिएको छ । कांग्रेसले १० लाख २५ सय हजार ५ सय ४५ मत पाएको छ । माओवादी केन्द्रले ४ लाख ४९ हजार ४ सय ४७ मत पाएको छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले ७८ हजार ६ सय ६ मत पाएको छ । फोरम नेपालपछि विवेकशील साझा पार्टी, राप्रपा, राजपा नेपाल, नयाँ शक्ति पार्टी, राजमो र राप्रपा प्रजातान्त्रिक रहेका छन् । नेकपा एमाले–११०२८१५ नेपाली कांग्रेस–१०२५५८३ नेकपा माओवादी केन्द्र–४४९४४७ संघिय समाजवादी पार्टी–७८६०६ विवेकशील साझा–६२३६३ राष्ट्रिय प्रजातन्त्र पार्टी–५५७११५ राष्ट्रिय जनता पार्टी नेपाल–५२२३४ नयाँ शक्ति नेपाल–३३८४० राष्ट्रिय जनमोर्चा–२६१८३ राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)–२३३७२ अन्य–८३८२१

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर