• Breaking News

    कसको भागमा कति सिट ?

    वाम गठबन्धन दुर्गा खनाल, काठमाडौं मंसिर २६, २०७४-उम्मेदवारी दिँदा एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशत सिट भागबन्डा गरेका थिए । तर प्रतिनिधिसभातर्फ हालसम्मको चुनावी परिणाम र अग्रताका आधारमा भने प्रत्यक्षतर्फ एमालेको ७० र माओवादी ३० प्रतिशतको हैसियत रहने देखिएको छ । यसमा समानुपातिकतर्फका सिटसमेत जोडिँदा एमालेको प्रतिशत अझै बढ्न सक्ने सम्भावना छ । हालसम्मको विजयी र अग्रताअनुसार एमाले र माओवादी दुवैले गरी ११७ सिट जित्ने देखिन्छ । त्यसमध्ये ८१ एमाले र ३६ माओवादीका हुनेछन् । घोषित परिणाम र अग्रता हेर्दा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिने एमालेका ७८ प्रतिशत र माओवादीतर्फबाट ६१ प्रतिशतले मात्र जित्ने देखिएको छ । http://kantipur.ekantipur.com/news/2017-12-12/20171212063054.html

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर