संसारमा यस्ता धेरै ठाँउहरु छन् जहाँका महिलाहरुको सुन्दरताको चर्चा टाढा टाढा सम्म हुने गर्छ । आज हामी तपाईलाई यस्तो विशेष ठाँउको बारेमा भन्न गइरहेका छौं जहाँका महिलाहरुको सुन्दरताले नाम चलेका अभिनेत्रीहरुलाई पनि माथ गरिदिन्छ । पाकिस्तानको काराकोरमको पहाडहरुमा बस्ने हुन्जा जातिका महिलाहरु आफ्नो सुन्दरताको कारणले दुनिँया भर प्रसिद्ध छन् । हुन्जा जातिका यी महिलाहरुको संख्या करिब ८७ हजार रहेको छ । यिनीहरु आफ्नो वास्तविक उमेर भन्दा धेरै कम उमेरको देखिन्छन् । यहाँका महिलाहरुले ६५ वर्षको प्रोढावस्थामा पनि बच्चा जन्माउँछन् र यसमा उनीहरुलाई कुनै समस्या हुँदैन् । इश्लाम धर्म मान्ने यहाँका मानिसहरुको आयु पनि सामान्य भन्दा धेरै छ । यहाको मानिसहरुको स्वास्थ पनि धेरै राम्रो हुन्छ साथै क्यान्सर जस्तो प्राणघातक रोगहरुको यहाँ नामोनिशान नै छैन् । अत्याधिक चिसो हुने भएपनि यहाँका मानिसहरु चिसो पानिले नै नुहाँउछन् । हुन्जा जातिका मानिसहरु आफुँले उब्जाएको चिज बिज नै खान्छन् । यहाँका मानिसहरु प्रत्येक दिन ओखर खाने गर्छन् । सादा र स्वस्थ जीवनशैलीको कारणले नै यहाँका मानिसहरु लामो जीवन जिँउछन् ।
No comments:
Post a Comment