एजेन्सी,१ मंसिर । हालै उत्तर कोरियाबाट एक सैनिक दक्षिण कोरिया भाग्न सफल भएका थिए । भाग्न सफल भएपनि यस क्रममा उत्तर कोरियाली सेनाले उनीमाथि ४० गाली प्रहार गरेका थिए । २३ वर्षका ती सैनिकको पाखुरा, घुँडा र ढाडमा गोली लागेको बताइएको छ ।
दक्षिण कोरियाको सीमामा पुग्नासाथै ती घाइते सैनिकलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उपचारका क्रममा गोलीबाहेक उनी अन्य समस्याबाट समेत पीडित भएको पत्ता लागेको हो । अस्पतालका उच्च चिकित्सक ली कुक जोङले उनका पेटबाट १०.६ इन्चको जुकाजस्ता थुप्रै किराहरु फेला परेर तिनको तस्बिर समेत सार्वजानिक गरेका छन् । आफ्नो बीस वर्ष लामो करिअरमा उनले त्यति भयानक र ठूलो पेटको किरा किताबमा मात्र देखेको बताएका हुन् । उनका अनुसार उत्तर कोरियामा सरसफाइको कमी र पोषकतत्व रहित खानेकुरा खानुको परिणाम स्वरुप यस्तो समस्या देखा परेको हो । त्यहाँका अधिकांश मानिसहरु यो रोगबाट ग्रसित भएको बताइएको छ ।
विज्ञहरुका अनुसार उत्तर कोरियामा पहिले देखि नै यस्तो समस्या फैलिएको थियो र यसअघि पनि उत्तर कोरियाली नागरिकको उपचार गरेका चिकित्सकले यस्तै किराहरु फेला पारेका थिए । अझ अहिले प्रतिबन्ध लगाइएपछि सिमित मात्रामा खानेकुरा भएकाले उनीहरु भयानक कूपोषणको शिकार बन्ने उनीहरुले बताएका हुन् । त्यहाँका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले जस्तो पायो त्यस्तै खानेकुरा खाने गरेको र शिक्षाको कमीका कारण सरसफाइमा लापरवाही गर्ने भएकाले यस्तो समस्याबाट गुज्रिने गरेको विज्ञहरुले बताएका छन् । ती सैनिकको पेटबाट निकालिएका किराले उत्तर कोरियाको जनजीवन अहिले कतिको तनावपूर्ण छ भन्ने प्रस्ट पारेको छ । देशका लागि लड्ने सैनिकको त त्यस्तो हाल छ भने गरिब जनता कसरी बाँचिरहेका होलान् भन्नेबारे विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
पत्रपत्रिका
Home
पत्रपत्रिका
उत्तर कोरियाका घाइते सेनाको पेटमा १० इन्च लामो किरा, देश भयानक अवस्थामा पुगेकाे दाबी
No comments:
Post a Comment