• Breaking News

    बिप्लब माओवादीद्वारा आज बन्दको आह्वान

    ६ मंसिर, दाङ । विना कारण आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टि(विप्लबं)ले आज वुधवार दाङ बन्दको आह्वान गरेको छ । बन्दका जिल्लाको मुख्य बजारका पसलहरु खुलेका छैनन् भने सवारी साधन पनि चल्न सकेका छैनन् । जिल्ला भित्रने लामो दुरीका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्य स्थानमा पु-याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले नेता रामबहादुर थापा(बादल) सहितका नेताहरुको उपस्थितिमा आज घोराहीमा बाम गठबन्धनले आमसभाको आयोजना गरेको छ । ओली लगायत नेताहरु हेलिकोप्टरमार्फत दिउसो घोराही आउने कार्यक्रम रहेको छ ।नेकपाले आह्वान गरेको बन्द र बाम गठबन्धको कार्यक्रमलाई मध्यनज गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य बजारका चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । दाङमा विप्लव माओवादीका २० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर