कञ्चनपुर-बिना मगर अहिले पति शोकमा छिन् । कञ्चनपुर क्षत्र नं। १ बाट प्रतिनिधि सभाकी उम्मेदवार बिना पतिलाई गुमाएको पीडालाई शक्तिमा बदलेर चुनावी मैदानमा होमिएकी छन् । उनले पति प्रकाश दाहाललाई गुमाएको पीडाबीच जनतामाझ पुगेर यस क्षेत्रको विकास र समृद्धिका लागि आफनो उम्मेदवारी भएकाले जिताउन पनि आग्रह गरिरहेकी छन् । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा झिनो मतले कांग्रेसका उम्मेदवारसँग पराजय भोगेकी बिना यस पटक भने वाम गठबन्धनबाट साझा उम्मेदवारको रुपमा खडा भएकी छन् । स्थानीय तह निर्वाचनको आकडा हेर्दा वाम गठबन्धन क्षेत्र नं।१ मा करिब २० हजार मतले अगाडि देखिएको छ । पति प्रकाशलाई अलविदा गर्दै उनी चुनावी प्रचारका लागि आफनो क्षेत्रमा फर्किसकेकी छन् । कञ्चनपुरलाई सिंहदरबारसँग जोड्ने प्रयास विगतमा कञ्चनपुरका दक्षिणी क्षेत्र सिंहदरबारको पहुँचभन्दा टाढा थिए । दक्षिणी क्षेत्रको पहुँच सरदरमुकाममा समेत नहुँदा विकासमा पछि परेको छ । उनले यस क्षेत्रमा विकासको लहर ल्याई समृद्ध बनाउने अठोट गरेकी छन् । यही एजेन्डाले आफू विजयी हुने उनको विश्वास छ । यिनै एजेण्डामा सबै जनता गोलबद्ध भएको बताउँदै उनले गठबन्धनका कारण आफू उत्साहित रहेको पनि उल्लेख गरेकी छन् । ‘मेरो पहिलो एजेन्डा शान्तिसुरक्षा र भारतीय सीमामा हुने ज्यादती अन्त्य गर्नु रहेको छ’, उनले भनिन्, ‘दक्षिणी क्षेत्रमा हिउँदमा धुलाम्य र बर्षामा हिल्याम्य हुने सडकको समस्या समाधान गर्ने अभियानमा समेत सक्रिय भएकी छु ।’ दोस्रो संवबधानसभाको निर्वाचनमा पराजित भएर पनि उनी दक्षिणी भेगको विकासमा निरन्तर क्रियाशील रहेको बताइन्छ । त्यहीकारण उनको पक्षमा माहोल बनेको स्थानीय मतदाताको बुझाई छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई पनि विशेष प्राथमिक्तामा राखेकी भैरवनाथमा बाँचेकी बिना बालककालदेखि जनयुद्धमा होमिएकी उनी संघर्षकै समयमा नेपाली सेनाको भैरवनाथ गणमा पनि बन्दी हुन पुगिन् । माओवादी नेता कार्यकर्तालाई थुनेर यातना दिँदै हत्या गरेको आरोपमा भैरवनाथ बदनाम भएको थियो । २०६० सालमा भैरवनाथ गणबाट शिवपुरी जंगलमा हत्या गर्न लैजाने क्रममा ट्रकमा ठाउँ नभएकाले आफू बाँच्न सफल भएको उनी बताउँछिन् । भैरवनाथमा बन्दी बनाएका धेरै माओवादी कार्यकर्तालाई शिवपुरीमा लगेर हत्या गरिएको तथ्य विभिन्न मानवअधिकारवादी संघ संस्थाले पुष्टि गरिसकेका छन् ‘अरु कमरेडहरुसहित शिवपुरीमा हत्या गर्न लैजाने क्रममा ट्रकबाट खसेकाले बाँच्न सफल भएँ’, उनले त्यो घटना सम्झिँदै भनिन्, ‘ट्रकको साँघुरो ठाउँबाट नखसेकी भए म यो अवस्थामा हुनेथिइन
No comments:
Post a Comment