भरतपुर, ८ मंसिर । पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमरेड मनमाेहन अधिकारी, केपी शर्मा अाेली र अाफूले नेपालमा केही रेकर्ड बनाएकाे बताएका छन् । वाइसियल नेपाल र युवा संघ नेपालकाे चितवन क्षेत्र नं.-३ काे संयुक्त भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘नेपाल जहिले पनि राजनीतिक स्थिरताकाे भूमरिमा पर्यो । धेरै सरकारले नेपालमा विकास र समृद्धिकाे पहल गर्न सकेनन् । तर, कमरेड मनमाेहन, म र केपीजीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं । हाम्राे नेतृत्वका सरकारहरुले जनता र राष्ट्रकाे पक्षमा अरुभन्दा राम्राे काम गरे र रेकर्ड बनाए । ‘सत्तरी वर्षदेखि भूमरिमा परेकाे देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा अाएकाे छ प्रचण्डले भने, ‘हामीले नै देशकाे जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुकाे बलियाे एकताले मात्र बहुमतकाे सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ । अनि, विकास र समृद्धिकाे नेतृत्व लिन सकिन्छ । अहिले त्यही संकल्पका साथ हामी एकताबद्ध भएका छाैं ।
No comments:
Post a Comment