• Breaking News

    एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

    भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो । ५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए । मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो । तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए । स्मरण रहोस्, भारतीय वायु सेनाको आर्मी सर्भिस कप्र्सले विभिन्न २० विधामा विश्व तथा राष्ट्रिय कीर्तिमान राखिसकेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर