• Breaking News

    दरबारमार्गको ४ ब्राण्डेड पसलमा शिलबन्दी, २४ सयको जुत्ता २७ हजार


    काठमाडौं, १९ भदौ । सरोकारवालाको अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित चारवटा ब्राण्डेड पसलमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको छ ।

    आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागको संयुक्त अनुगमन टोलीले पुमा, नाइके, बिन्टले र स्टोर वानमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको हो ।

    अधिकांशले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको अनुगमन टोलीका सदस्यहरुले जानकारी दिएका छन् । उच्च मुनाफा राखी कालोबजारी गरेको आरोपमा ती पसलहरुमा शिलबन्दी गरेको जनाएको टोलीले जनाएको छ ।

    अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको भेटिएपछि शिलबन्दी गरिएको पसलका व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर