काठमाडौं । उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली परमाणु बम परीक्षणले अमेरिका र उसका सहयोगी मुलुकमाथि खतरा आइलागेको भन्दै कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीपछि रक्षामन्त्री म्याटिसले उत्तर कोरियामाथि सैन्य कारबाहीको चेतावनी दिएका हुन् । रक्षामन्त्रीसँगको छलफलमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पछिल्लो आणविक परीक्षण अमेरिकाका लागि खतरनाक भएको भन्दै यसले आफूहरुलाई थप उत्तेजित बनाएको टिप्पणी गरेका थिए ।उनले उत्तर कोरियासँग हुने सबै देशको व्यापारिक सम्बन्ध अन्त्य गराउने बताएको बताइएको छ ।
ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै रक्षामन्त्री म्याटिसले अमेरिकासँग आफ्नो देश र सहयोगी मुलुकहरु दक्षिण कोरिया र जापानको रक्षा गर्न सक्ने क्षमता रहेको बताए ।यसअघि उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो । यो बम ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत प्रहार गर्न सकिने गरी विकसित गरेको जनाइएको छ ।दक्षिण कोरियाले यो बम सन् १९४५ मा जापानको नागासाकी शहरमा खसालिएको एटम बम भन्दा चार पाँच गुणा शक्तिशाली रहेको जनाएको छ । न्युज २४ नेपालबाट
पत्रपत्रिका
Home
news
पत्रपत्रिका
तेस्रो विश्वयुद्धको यस्तो घन्टी ! उत्तर कोरियामाथि सैन्य कारबाही गर्ने अमेरिका तम्सिदै
No comments:
Post a Comment